जन्मेको एक साता नपुग्दै दाँत उम्रेपछि …….

4.7k
Shares

काठमाडौँ, ३ बैशाख । जन्मेको एक साता नपुग्दै दाँत उम्रेपछि तनावमा परेका एक शिशुका अभिभावकहरु अहिले भने खुशी भएका छन् । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरका चिकित्सकले सहज रुपमा शिशुको दाँत उखलीदिएपछि उनीहरु खुशी भएका हुन् ।

आज भन्दा २४ दिन अघि ग्वार्कोस्थित वीएण्डवी अस्पतालमा जन्मेको शिशु (बालक)मा जन्मेको तीन चार दिनपछि दाँत देखिएको थियो । दुध चुसाउने क्रममा दाँतले टोकेजस्तो हुन थालेपछि सुत्केरी आमाले आफ्नो छोराको दाँत उम्रेको पत्तो पाएकी थिइन । त्यसपछि पनि केही दिन घरमै रहेका उनीहरुले चिकित्सकको परामर्शपछि आज कान्तिपुर डेन्टल पुगेर दाँत झिकेका हुन् ।

केडिसीमा डेन्टल सर्जन डा रक्षा श्रेष्ठले नवजात शिशुको दाँत निकालिदिएकी हुन् ।

ओरल मेडिसिन एण्ड रेडियोलेजिष्ट डा अंकित शाहले शिशुमा ‘नियो नेटल टिथ’ देखिएको भन्दै सहज रुपमा उखलिदिएको बताए । ‘यस्तो समस्या साह्रै कम शिशुहरुमा देखिन्छ । कान्तिपुर डेन्टलले सेवा दिएको सम्भवत सबैभन्दा कम उमेरको बच्चा हो ,’उनले अगाडी थपे, ‘सानो उमेरको शिशुको दाँत निकाल्न झनै सावधानी अपनाउनु पर्छ ।’

डा साहले भर्खरै जन्मेको शिशुमा प्लेटलेट पनि कम हुने र दाँत निकाल्दा रगत बग्ने सम्भावना बढी हुने भएको भन्दै भिटामिन के सुई लगाईदिएको बताए । उनले शिशुलाई एनेस्थेसिया विना नै सावधानीपूर्वक दाँत झिकिएको जानकारी दिए ।

सामान्य त शिशुहरुको दाँत छ महिनापछि उम्रिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *