सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पोजेटिभ, एक जनाको अन्तिम रिपोर्ट आउन बाँकी

5.8k
Shares

काठमाडौँ, २ बैशाख । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा दुई जनाको पीसीआर टेष्टमा पनि रिपोर्ट पोजेटिभ देखिएको छ । अर्का एक जनाको भने अन्तिम रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको देखिएपछि उनीहरुलाई हिजो अपरान्ह पाटन अस्पताल लगिएको थियो । उनीहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् ।
‘पीसीआरबाट परीक्षण गर्दा ५८ बर्षीय पुरुष र ८१ बर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको छ । एक जना महिलाको भने पहिलो पटक पोजेटिभ देखिएन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटले उल्लेख गरिएको छ ।

सनसिटीमा बस्ने उनीहरु गत ५ चैतमा बेलायतको लण्डनबाट आएका हुन् ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै प्रहरीले लकडाउन गरेको छ ।
यो संगै नेपालमा कुल कोरोना पोजेटिभको संख्या १६ पुगेको छ । एक जना भने उपचार पछि घर फर्केका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *