स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्नँ : स्वास्थ्यमन्त्री ढकाल

168
Shares


काठमाडौँ, २६ चैत ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सुदुरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताए ।

आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामाग्रीहरू निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए ।

मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *