खुट्टाले थिच्दा हातमा सेनिटाइजर ! (भिडियो सहित)

1.4k
Shares

काठमाडौँ, २३ चैत । कोरोना भाइरस (कोभिड – १९)बाट जोगिन अहिले लगभग सबै अस्पताल र खुलेका कार्यालयहरुका गेटमा ह्याण्ड सेनिटाइजरको व्यवस्था छ । ती स्थानका सबैजसो सेनिटाइजर प्रयोग गर्न हातको प्रयोग हुने गर्दछ ।

तर, कान्ति बाल अस्पतालले खुट्टाको प्रयोग गरी हातमा सेनिटाइजर आउने प्रविधिको विकास गरेको छ । अस्पतालले स्थानीय सामग्रीको जोडजाड गरी खुट्टाले थिचेर हातमा सेनिटाइजर झर्ने प्रविधि बनाएको हो ।

‘यो एकदमै सिम्पल प्रविधि हो । यो प्रविधिको लागि खासै खर्च पनि लाग्दैन भन्दा हुन्छ । हातले सेनिटाइजरको भाँडोमा छुनै पर्दैन् । खुट्टाले थिचे हातमा आउँछ । अस्पतालमा धेरै जनाले हात सफा गर्न प्रयोग गर्ने । र कतिपयले बोतलमा संक्रमण हुनसक्छ भन्दै प्रयोग गर्न हिच्किचाउने भएपछि हामीले यो टेक्निक लगाएका हौँ,’ अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले भने ।

कान्तिले बनाएको प्रविधिमा सेनिटाइजरको बोतलमा एउटा क्लिप लगाइएको छ । त्यहाँबाट एउटा सानो तार (साइकलको ब्रेकमा प्रयोग हुने तार) भुईमा लगिएको र त्यहाँ ढोकाको चुकुलमा प्रयोग हुने सानो पातो राखिएको छ । भुईमा रहेको पातोमा थिच्दा बोतलबाट सेनिटाइजर निस्कन्छ ।

अस्पतालले मुख्य भवन तथा आकस्मिक कक्ष भित्र यस्तै प्रविधि बनाई सेनिटाइजर राखेको छ ।

‘विदेशतिर यस्ता सेनिटाइज छुनै पर्दैन् । सेन्सरबाट झर्ने व्यवस्था मिलाइएको हुन्छ । हामीकहाँ त्यस्तो कहाँबाट हुनु । तर हातले छुन नपर्ने लोकल प्रविधिबाट हामीले सम्भव तुल्यायौँ,’ डा. पौडेलले भने । उनले आफूहरुले गरेको प्रविधि अन्य अस्पतालले पनि प्रयोगमा ल्याउन चाहेको बताए ।

यस्तो छ कान्तिको लोकल प्रविधि

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *