कोरोना भाइरस : ४ चैतमा कतार एयरबाट आउने बागलुङका ४ जना, २ जना पोजेटिभ २ जना नेगेटिभ

280
Shares

काठमाडौँ, २१ चैत । गत ४ चैतमा कतार एयरको ६५२ उडानबाट नेपाल भित्रिएका यात्रुमध्ये ४ जना बागलुङका थिए । त्यसमध्ये २ जनामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण पोजेटिभ देखिएको छ । तर अरु दुई जनाका भने रिपोर्ट नेगेटिभ देखिएको छ ।

‘दुई जना संक्रमित यहि बागलुङ बजार वरपरकै हुनुभयो । अरु दुई जनामध्ये एक जना बुर्तिवाङ र अर्को एक जना अहिले पर्वत तिर जानु भएको छ । तर दुबैको थ्रोट स्वाव झिकेर परीक्षण भइसकेको छ उहाँहरु दुबैको रिपोर्ट नेगेटिभ आएको छ,’ जिल्लाको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भने ।

उनका अनुसार अहिलेसम्म बागलुङमा पहिलो केश भेटिएपछि उनका नजिक भएका १३ जनाको परीक्षणका लागि पठाएको । त्यसमध्ये थप १ जनाको पोजेटिभ र बाँकी नेगेटिभ सहित १० जनाको रिपोर्ट आएको, बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी भएको बताए ।

गुरौले छैटौँ संक्रमित भेटिएपछि अब उनको सम्पर्कमा आएका उनका परिवार र अरुको समेत खोजी गरी नमूना संकलन गर्ने कार्य अघि बढाउन लागिएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *