टेकुअस्पतालमा भर्ना भएका विमानस्थल हेल्थ डेस्कका स्वास्थ्यकर्मीमा देखिएन कोरोना

2.8k
Shares

काठमाडौँ, १३ चैत । मंगलबार देखि टेकु अस्पतालमा भर्ना भएका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण पछि उनको रिपोर्ट नेगेटिभ आएको हो ।

अग्रपंक्तिमै रहेर हवाई यात्रुहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनलाई पछिल्लो केही दिन देखि ज्वरो बढ्ने, सुख्खा खोकी लाग्ने पखला लाग्ने, जीउ कमजोर हुने जस्ता लक्षण देखा परेपछि कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएको थियो ।

‘उहाँलाई क्वारेन्टाइनमा राखेर उपचार गरिएको थियो । कोरोना टेष्टका लागि नमूना प्रयोगशालामा पठाइएको थियो तर आज रिपोर्ट आयो नेगेटिभ नै आयो,’ टेकु अस्पताल स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *