स्वास्थ्यको १२ औँ तहमा बढुवाका लागि ५ जनाको नाम सिफारिस
काठमाडौँ, २० माघ । बढुवा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त तीनवटा प्रमुख विशेषज्ञ पद ( १२ औँ तह)का लागि पाँच जनाको नाम सिफारिस गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार समितिले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह तिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठ नाम सिफारिस गरेको हो ।
समितिको निर्णयसंगै आज बस्ने मन्त्रिपरिषदको बैठकमा बढुवाका लागि यी नामहरु प्रस्ताव गरिनसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्यमा तीन जना प्रमुख विशेषज्ञ र एक जना सचिव पद रिक्त छ ।
स्वास्थ्य सचिव खगराज बराललले तीन जना प्रमुख विशेषज्ञमध्येबाट एक जना सचिवका लागि सिफारिस हुने र रिक्त हुने एक जना प्रमुख विशेषज्ञ पदमा पुन बढुवा अर्को बढुवा गर्ने बताएका छन् ।
यस अनुसार यी पाँच जना मध्ये एक जना सचिव बन्ने निश्चित जस्तै भएको छ ।
सम्पर्क इमेल : [email protected]