चीनबाट नेपाल आएका अमेरिकी नागरिकलाई कोरोना भइरसको शंका, एयरपोर्टबाट सिधै टेकु अस्पताल लगियो

276
Shares


काठमाडौँ, १२ माघ । चीनबाट नेपाल आएका एक अमेरिकी नागरिकलाई कोरोना भाइरसको शंका गरिएको छ। आज अपरान्ह पाँच बजेतिर त्रिभुवन विमानस्थलबाट सिधै उनलाई टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालमा लगिएको छ।

चीनबाट फर्कने क्रममा ती आमेरिकी नागरिकलाई चाइना साउदन विमानमा नै ज्वरो आएको थियो। ज्वरो आएपछि उनलाई कोरोना भाइरसको शंकामा अस्पतालमा ल्याइएको अस्पतालका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार अमेरिका नागरिकलाई आवश्यक उपचार सुरु गरिएको छ।

टेकु अस्पतालमा कोरोना भाइरसको आशंकामा अमेरिकी ती नागरिकसहित तीन जना उपचाररत छन् । चीनको युहान प्रान्तबाट फर्केका एक नेपाली बिद्याथीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले थप सर्तकता बढाएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *