२० करोड घुस विवाद : अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी

684
Shares

काठमाडौँ, २९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसम्म पुगेको छ ।

वी एण्ड सी मेडिकल कलेजको सम्वन्धनका लागि उपाध्यक्ष डा गिरीले आफूसंग २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईँले अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी हालेका हुन् ।

यसअघि प्रसाईँले आफूसंग डा गिरीले घुस मागेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । त्यस लगत्तै डा गिरीले सोही दिन अर्को पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए । उनले आरोप मिथ्या रहेको भन्दै त्यस विरुद्ध कानूनी उपचारमा जाने बताएका थिए ।

तर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका हुन् । उनले सम्वन्धनका लागि सर्बोच्च अदालत जाने समेत बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *