२० करोड घुस विवाद : अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी

काठमाडौँ, २९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसम्म पुगेको छ ।

वी एण्ड सी मेडिकल कलेजको सम्वन्धनका लागि उपाध्यक्ष डा गिरीले आफूसंग २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईँले अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी हालेका हुन् ।

यसअघि प्रसाईँले आफूसंग डा गिरीले घुस मागेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । त्यस लगत्तै डा गिरीले सोही दिन अर्को पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए । उनले आरोप मिथ्या रहेको भन्दै त्यस विरुद्ध कानूनी उपचारमा जाने बताएका थिए ।

तर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका हुन् । उनले सम्वन्धनका लागि सर्बोच्च अदालत जाने समेत बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *