चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागे : दुर्गा प्रसाईँ
काठमाडौँ, २३ पुस । प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रसाईँले मनसाय पत्र लिएर बसेको आफ्नो मेडिकल कलेजलाई सम्वन्धन दिनका लागि उपाध्यक्ष प्राडा गिरीले आफूसंग २० करोड रकम मागेको आरोप लगाएका हुन् ।
‘ म गत १५ मंसिरमा निवेदन लिएर आयोगको कार्यालय सानोठिमी पुगेको थिएँ । निवेदन दर्ता गराएँ । बेलुका भेटेर विस्तृतमा कुरा गरौँला भन्नुभयो । बेलुका बत्तिसपुतलीस्थित होटल द्धारिकामा भेट भयो । त्यही उहाँले २० करोडको डिमान्ड गर्नुभयो,’ प्रसाईँले अगाडी थपे, ‘यो रकम मैले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठलाई पनि बुझाउनु पर्छ भन्नुभयो । मैले त्यति ठूलो रकम सक्दिन भनेँ,’ पत्रकार सम्मेलनमा प्रसाईँले भने ।
उनले डा. गिरीले घुस मागेको कुरा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएको बताए ।
उपाध्यक्ष प्राडा गिरी भन्छन्, गलत आरोप लगाईयो
यता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीले आफूमाथि प्रसाईँले गलत आरोप लगाएको बताए । उनले भने, यो सरासर झुट कुरा हो । यसबारे थप प्रष्ट पार्न मैले चार बजे पत्रकार सम्मेलन गर्दैछु । त्यहि सबैकुरा प्रष्ट पार्छु ।
हेर्नुहोस उनको भिडियो
सम्पर्क इमेल : [email protected]