नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाजको अधिवेशन सम्पन्न

212
Shares

काठमाडौँ  – प्राकृतिक विपद्मा महिलाको उचित समयमा उचित चिकित्सक हुनुपर्ने निचोडका साथ नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) को १४औँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

‘प्राकृतिक प्रकोपमा महिला स्वास्थ्य’ भन्ने नाराका साथ हिजो १९ गतेबाट सुरु भएको अधिवेशनमा नेपालमा गत वैशाखको भूकम्पले महिला र गर्भवती महिलामा पारेको असरका बारेमा छलफल भएको नसोगका अध्यक्ष डा लता बज्राचार्यले जानकारी दिइन् ।

उनले भनिन्, “भूकम्प र नाकाबन्दीका कारण धेरै महिलाको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । विशेषगरी गर्भवती महिला यसको मुख्य सिकार भएकाले उनीहरूको प्रजनन स्वास्थ्यमा पारेको असर र समाधानका विषयमा यो अधिवेशन केन्द्रित रह्यो ।”

हामीले विभिन्न विप्दको सबैभन्दा ठूलो असर महिलाको स्वास्थ्यलाई परेको हुनाले उचित समयमा सही चिकित्सक हुनपर्ने कुरामा छलफल ग¥यौँ,’ उनले भनिन् ।

अधिवेशनको पूर्वसन्ध्यामा नेसोगले १६ देखि १८ गतेसम्म तीनदिने इन्डोस्कोपी सर्जरी र १८ गते सर्ब फर्टिलिटीसम्बन्धी पूर्व कार्यशाला गोष्ठी पनि गरेको थियो ।

हाल यो संस्थामा करिब ४०० जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ स्थायीरुपमा आबद्ध छन् । यसको स्थापना सन् १९८९ मा भएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *