नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाजको अधिवेशन सम्पन्न
काठमाडौँ – प्राकृतिक विपद्मा महिलाको उचित समयमा उचित चिकित्सक हुनुपर्ने निचोडका साथ नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) को १४औँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
‘प्राकृतिक प्रकोपमा महिला स्वास्थ्य’ भन्ने नाराका साथ हिजो १९ गतेबाट सुरु भएको अधिवेशनमा नेपालमा गत वैशाखको भूकम्पले महिला र गर्भवती महिलामा पारेको असरका बारेमा छलफल भएको नसोगका अध्यक्ष डा लता बज्राचार्यले जानकारी दिइन् ।
उनले भनिन्, “भूकम्प र नाकाबन्दीका कारण धेरै महिलाको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । विशेषगरी गर्भवती महिला यसको मुख्य सिकार भएकाले उनीहरूको प्रजनन स्वास्थ्यमा पारेको असर र समाधानका विषयमा यो अधिवेशन केन्द्रित रह्यो ।”
हामीले विभिन्न विप्दको सबैभन्दा ठूलो असर महिलाको स्वास्थ्यलाई परेको हुनाले उचित समयमा सही चिकित्सक हुनपर्ने कुरामा छलफल ग¥यौँ,’ उनले भनिन् ।
अधिवेशनको पूर्वसन्ध्यामा नेसोगले १६ देखि १८ गतेसम्म तीनदिने इन्डोस्कोपी सर्जरी र १८ गते सर्ब फर्टिलिटीसम्बन्धी पूर्व कार्यशाला गोष्ठी पनि गरेको थियो ।
हाल यो संस्थामा करिब ४०० जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ स्थायीरुपमा आबद्ध छन् । यसको स्थापना सन् १९८९ मा भएको हो । रासस