प्रधानमन्त्री ओलीको आज ग्राण्डी अस्पतालमा तेस्रो पटक डायलासिस

524
Shares

काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि हेमो डायलासिस भएको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उनको हेमो डायलासिस भएको हो ।

अस्पतालका निर्देशक डा चक्रराज पाण्डे, निजी चिकित्सक डा दिव्या सिंह शाह र डा प्रेम ज्ञवालीले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका हुन् । विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो रहेको र आजै आफ्नो निवास बालुवाटार फर्कने उल्लेख छ ।

प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडायालसिस गरिएको थियो । १२ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका ओलीमा पछिल्लो समय छिटो छिटो समस्या देखा परेको छ ।

चिकित्सक टोलीले प्रधानमन्त्रीको नियमित डायलासिस गर्ने कि पुन प्रत्यारोपण गर्ने भन्ने विषयमा पनि विशेषज्ञहरुसंग छलफल र सल्लाह गरेको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *