स्वास्थ्यमा यसपटक पनि उत्कृष्ठ ठहरियो पाल्पा ( उत्कृष्ठ र पुछारका १० जिल्लाको सूची सहित सहित)

10.4k
Shares

mohp

काठमाडौँ – स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनको आधारमा ७५ जिल्ला मध्ये पाल्पा यसपटक पनि उत्कृष्ठ अंक सहित प्रथम भएको छ । पाल्पा गतवर्ष पनि प्रथम भएको थियो । आर्थिक बर्ष २०७१ ०७२ को राष्ट्रिय समिक्षा गोष्ठीका अवसरमा शनिबार पाल्पा प्रथम भएको घोषणा गरिएको हो ।

मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा पाल्पाले यसपटक ८९.३ अंकका साथ प्रथम स्थान अर्थात ‘ए’ ग्रेड प्राप्त गरेको छ । दोस्रो स्थानमा अछाम जिल्लाले ८८.१ अंक प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको म्याग्दीले ८७ अंक प्राप्त गरेको छ ।

सबैभन्दा कम उपलव्धी हासिल गरी पुछारमा अर्थात ७५ औ स्थानमा भने डोल्पा परेको छ । डोल्पा ५३ अंकका साथ ‘सी’ ग्रेडमा रहेको छ ।

मूल्यांकन टोली प्रमुख मन्त्रालयका सहसचिव डा गरिबदाश ठाकुरले स्वास्थ्यले तोकिएका कार्यहरुलाई उत्कृष्ठ ढंगले सम्पन्न गरेकोले पाल्पा उत्कृष्ठ भएको बताए । उनले भने,’विभिन्न ३५ वटा सूचक हुन्छ, त्यसबाहेक अन्य गतिविधि पनि हेर्ने गरिन्छ । जस्तै बेरुजु फस्र्यौट, खोप कभरेज, परिबार नियोजनको दर लगायतका गतिविधीमा गरेको कामको मूल्यांकनको आधारमा जिल्ला उत्कृष्ठ घोषणा गरिन्छ ।’

डा. ठाकुरले यसपटक ग्रेड ८० देखी ९० प्रतिशतको बीचमा अंक ल्याउने २८ वटा जिल्ला ग्रेड ‘ए,’ ७० देखी ८० प्रतिशत अंक ल्याउने ग्रेड ‘बी’मा ३१ वटा र ५० देखी ७० प्रतिशत बीच अंक ल्याउने ग्रेड ‘सी’ मा १६ जिल्ला परेको बताए ।

यी हुन उत्कृष्ठ टप टेन जिल्ला
पाल्पा ८९.३
अछाम ८८.१
म्याग्दी ८७
बैतडी ८६.८
दाङ ८६.५
काभ्रे ८६.३
कन्चनपुर ८५.८
डोटी ८५.६
बझाङ ८५.२
सुर्खेत ८५.१

सबैभन्दा कम अंक प्राप्त गर्ने जिल्ला

डोल्पा ५३
सर्लाही ५६.७
मनाङ ६०
पर्सा ६२.४
सप्तरी ६२.७
मुगु ६३.६
मुस्ताङ ६७.९
भोजपुर ६४

क्षेत्रगत आधारमा उत्कृष्ठ

पूर्वाञ्चल उदयपुर ८१.२
मध्यमाञ्चल काभ्रे ८६.३
पश्चिमाञ्चल पाल्पा ८९.३
मध्यपश्चिम दाङ ८६.५
सुदुरपश्चिम अछाम ८८.१

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *