चिनियाँ अस्पतालमा हेपाटाइटिस सी सङ्क्रमण

16
Shares


नान्जिङ, १३ जेठ । चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले उक्त सङ्क्रमणका बारेमा अनुसन्धान थालेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञहरु सम्मिलित अनुसन्धान टोलीको प्रारम्भिक अनुसन्धानमा दोङताई अस्पतालमा रक्त शुद्धीकरणका क्रममा सङ्क्रमण भएको देखिएको छ । यस अस्पतालमा हेमोडायलासिस सेवा उपलब्ध छ ।

प्रारम्भिक अनुसन्धानमा अस्पतालको कमजोर व्यवस्थापन पनि सङ्क्रमण हुनुमा जिम्मेवार रहेको पाइएको छ ।

अनुसन्धानका आधारमा अस्पतालका अध्यक्षलाई पनि पदबाट हटाइएको छ । सङ्क्रमणमा जिम्मेवार केही स्वास्थ्यकर्मीलाई पनि सजाय दिइएको छ ।  सङ्क्रमित बिरामीलाई विज्ञ टोलीबाट विशेष स्वास्थ्य थेरापी उपलब्ध गराइएको छ ।

हेपाटाइटिस सीबाट बिरामीको कलेजोमा असर पर्दछ । संक्रमण भएको केही समयसम्म बिरामीमा सामान्य सङ्केत देखिन सक्दछ, तर केही वर्षपछि उनीहरुमा कलेजोको रोग देखिन्छ र अन्तमा क्यान्सर समेत हुन सक्दछ ।  रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *