बिराटनरगका बालरोग विशेषज्ञ बिमल अग्रवालको निधन

1.9k
Shares


बिराटनगर, ८ जेठ ।  विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको निधन भएको छ।

मस्तिष्कघात भएपछि गत २४ बैशाखमा नोबेल अस्पताल भर्ना भएका डा. अग्रवालको गएराती साढे १० बजे निधन भएको हो ।

६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवाललाई मस्तिष्कघात भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

डा. अग्रवालको उपचारमा  न्यूरो फिजिसियन डा.  डिल्लीराम काफ्ले, बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपाल सहभागी थिए।

परिवारले चिकित्सकको लापरवाहीका कारण निधन भएको आरोप लगाएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *