प्रत्यारोपणका लागि झिकिएको मिर्गौला बोकेर जब ड्रोन उड्यो …..

1.8k
Shares

बीबीसी । अमेरिकाको एउटा अस्पतालमा मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेकी एक महिलाका लागि ड्रोन प्रयोग गरेर मिर्गौला पठाइएको छ। मेरीलन्ड विश्वविद्यालयले विकसित गरेको उक्त ड्रोन पहिलो पटक मानव अङ्ग बोक्न प्रयोग भएको हो।

सो ड्रोनले अंगदाता रहेको अस्पताल भन्दा पाँच किलोमिटर परको अस्पतालमा प्रत्यारोपणका लागि भर्ना भएकी बिरामी ट्रिना ग्लिस्पी लागि मिर्गौला बोकेर उडेको थियो ।

ड्रोनमा मृत दाताबाट निकालिएको अङ्ग सुरक्षित रुपमा यथाशीघ्र प्रत्यारोपण गर्ने स्थानसम्म पुरयाउन विशेष प्रणाली जडान गरिएको थियो ।

यसको प्रयोगबाट समय र पैसा जोगिने तथा अङ्ग प्रत्यारोपण पनि समयमै गर्न सकिने सम्भावना बढेको चिकित्सकहरुले बताएका छन् ।
मेरील्लण्ड विश्वविद्यालयले तीन बर्ष लगाएर यो ड्रोन बनाएको हो ।

ड्रोनमा अंगको अवस्था निरीक्षण गर्ने उपकरण र सुरक्षाका लागि विशेष प्रणाली छन् । बन्द भइहाल्यो भने विकल्पका रुपमा  आठ वटा मोटर छन् । त्यसमा पुरै बन्द भयो भने पनि ड्रोनलाई सुरक्षित रुपमा तल ओराल्न प्याराशुट भएको एउटा प्रणाली छ ।

चिकित्सकहरुले ५ किलोमिटर परबाट प्रत्यारोपण गर्ने अंग बोकेर आएको ड्रोन १० मिनेटमै तोकिएको अस्पतालमा सफलतापूर्वक तल ओर्लिएको बताए ।

परीक्षण सफल भएपछि चिकित्सकहरुले समय र पैसा जोगिएको बताएका छन् । उनीहरुले विगत आठ बर्ष देखि मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेकी ट्रिनाको जीवन नै परिवर्तन भएको टिप्पणी गरेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *