चिनिया पहिलो ‘टेस्टट्युब बेबी’ आमा बनिन्

92
Shares

एजेन्सी । चीनमा टेस्टट्युव बेबी प्रक्रियाबाट जन्मेकी पहिलो बच्चा झेङ मेङ झु सुत्केरी भएकी छन् । उनले गत सोमबार  पेकिङ युनिभर्सिटी थर्ड अस्पतालमा छोरा जन्माएकी हुन् । झेङ सोही अस्पतालमा ३१ बर्ष अघि इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) पद्धती बाट जन्मिएकी थिइन ।

समाचार एजेन्सी सिन्हुवाका अनुसार झेङको जन्म १० मार्च १९८८ मा भएको थियो । भर्खरै विकसित भएको टेस्टट्युव बेवी प्रविधिको अनुसन्धान गरिरहेका डाक्टरहरुको गरेको प्रयासहरुको पहिलो सफलताको रुपमा झेङ मेङ झु जन्मिएकी हुन् । उनी नै चीनकी पहिलो टेस्टट्युव बेबी बनिन् ।

झेङले गत सोमबार विहान ८ : ३४ बजे सिजेरियन प्रक्रियाबाट बच्चा जन्माएकी हुन् ।

अस्पतालको प्रमुख कियायोजीले टेस्टट्युव वेवी प्रक्रियाबाट जन्मिएकी महिलाबाट पुन सन्तान जन्मनु चीनको प्रजनन इतिहासमा कोषेढुंगा भएको प्रतिक्रिया दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *