चिनिया पहिलो ‘टेस्टट्युब बेबी’ आमा बनिन्

एजेन्सी । चीनमा टेस्टट्युव बेबी प्रक्रियाबाट जन्मेकी पहिलो बच्चा झेङ मेङ झु सुत्केरी भएकी छन् । उनले गत सोमबार  पेकिङ युनिभर्सिटी थर्ड अस्पतालमा छोरा जन्माएकी हुन् । झेङ सोही अस्पतालमा ३१ बर्ष अघि इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) पद्धती बाट जन्मिएकी थिइन ।

समाचार एजेन्सी सिन्हुवाका अनुसार झेङको जन्म १० मार्च १९८८ मा भएको थियो । भर्खरै विकसित भएको टेस्टट्युव बेवी प्रविधिको अनुसन्धान गरिरहेका डाक्टरहरुको गरेको प्रयासहरुको पहिलो सफलताको रुपमा झेङ मेङ झु जन्मिएकी हुन् । उनी नै चीनकी पहिलो टेस्टट्युव बेबी बनिन् ।

झेङले गत सोमबार विहान ८ : ३४ बजे सिजेरियन प्रक्रियाबाट बच्चा जन्माएकी हुन् ।

अस्पतालको प्रमुख कियायोजीले टेस्टट्युव वेवी प्रक्रियाबाट जन्मिएकी महिलाबाट पुन सन्तान जन्मनु चीनको प्रजनन इतिहासमा कोषेढुंगा भएको प्रतिक्रिया दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *