मापदण्ड अनुसारको अस्पताल भवन बनाउन अफिनले माग्यो सरकारसंग १० बर्ष

336
Shares

काठमाडौँ, ७ फागुन । सम्झौँता अनुसारको म्याद सकिनै लाग्दा निजी अस्पताल सञ्चालकहरुको संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्ट्च्यिुसन नेपाल (अफिन) मापदण्ड अनुसारको अस्पताल भवन बनाउन अझैँ १० बर्ष लाग्ने बताएको छ ।

यसअघि सरकार र अफिनबीच छ बर्ष भित्रमा सरकारले तोकेको मापदण्ड अनुसार अस्पताल भवन बनाईसक्ने सम्झौँता भएको थियो । सो सम्झौँता भएको अहिले करीब ५ बर्ष पुग्न लागेको छ ।

मंगलबार अफिनका अध्यक्ष बसन्त चौधरीको नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएको टोलीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, सचिव डा पुष्पा चौधरी लगायतका पदाधिकारीलाई भेटी ज्ञापन पत्र समेत बुझाएको छ । जसमा स्वासथ्य संस्था स्थापना सञ्चालन तथा स्तरउन्नती सम्वन्धी मापदण्ड २०७० अनुसारको भवन बनाउन अझै कम्तीमा १० बर्ष लाग्ने उल्लेख छ ।

मापदण्ड अनुसार भवन नभएको भन्दै अस्पतालको नविकरण नै रोकिएपछि तत्कालिन स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले निजी अस्पतालहरुलाई ६ बर्ष भित्र तोकिएको मापदण्ड पुरा गर्ने सम्झौँता गराई रोक्का खुलाएका थिए । त्यतिवेला अफिन र सरकारी पक्षबीच सो सम्झौँता समेत भएको थियो ।

तर अहिले अफिनले विनासकारी भुकम्प, नाकावन्दी, निर्वाचन, अन्तराष्ट्रि आर्थिक मन्दी आदि धेरै कारणले छ बर्ष भित्र तोकिएको मापदण्ड अनुसारको अस्पताल भवन बनाउन गाह्रो भएको जनाएको छ ।

अफिनका बरिष्ठ उपाध्यक्ष कुमार थापाले पहिले सम्झौँता गरेपनि परिस्थिति प्रतिकुल हुनाले तोकिएको समयमा मापदण्ड अनुसारको भवन बनाउन नसकिने भन्दै म्याद थपको अनुरोध गरेको बताए । उनले आफूहरुको अनुरोधमा मन्त्रीद्धय र सचिव समेत सकारात्मक पाएको बताए ।

स्वास्थ्य मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा अफिनले ७ बुँदामा कारण खुलाएको छ ।

यस्तो छ ज्ञापन पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *