मेडिकल काउन्सिलले तोक्यो केयु अन्तरगर्तका कलेज र प्रतिष्ठानका लागि एमबीबीएस र बीडीएसको सिट

2.8k
Shares

काठमाडौँ, ५ असोज । नेपाल मेडिकल काउन्सिलले काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल तथा डेन्टल गरी ११ वटा कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट निर्धारण गरिदिएको छ । काउन्सिलको आज बसेको बैठकले सिट त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल तथा डेन्टल कलेजका लागि सिट निर्धारण गरेको हो ।

आजै काउन्सिलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरका लागि पनि एमबीबीएस तथा बीडीएसको सिट निर्धारण गरेको छ ।

यसपटक गतवर्षको तुलनामा सिट घटेको छैन् । बरु केही कलेजहरुमा सिट संख्या बढेको छ ।

काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले काउन्सिल तथा विश्वविद्यालयहरुबाट गरिएको अनुगमनबाट पाएको नम्बरको आधारमा सिट निर्धारण गरिएको बताए ।

केयु अन्तर्गतका कलेजहरुको सिट यस्तो छ


प्रतिष्ठानका सिट यस्तो छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *