मेडिकल काउन्सिलले तोक्यो केयु अन्तरगर्तका कलेज र प्रतिष्ठानका लागि एमबीबीएस र बीडीएसको सिट
काठमाडौँ, ५ असोज । नेपाल मेडिकल काउन्सिलले काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल तथा डेन्टल गरी ११ वटा कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट निर्धारण गरिदिएको छ । काउन्सिलको आज बसेको बैठकले सिट त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल तथा डेन्टल कलेजका लागि सिट निर्धारण गरेको हो ।
आजै काउन्सिलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरका लागि पनि एमबीबीएस तथा बीडीएसको सिट निर्धारण गरेको छ ।
यसपटक गतवर्षको तुलनामा सिट घटेको छैन् । बरु केही कलेजहरुमा सिट संख्या बढेको छ ।
काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले काउन्सिल तथा विश्वविद्यालयहरुबाट गरिएको अनुगमनबाट पाएको नम्बरको आधारमा सिट निर्धारण गरिएको बताए ।
केयु अन्तर्गतका कलेजहरुको सिट यस्तो छ
प्रतिष्ठानका सिट यस्तो छ :
सम्पर्क इमेल : [email protected]