उपकुलपति प्राडा भण्डारीलाई कारबाही गर्न भन्दै शिक्षाध्यक्ष प्राडा श्रेष्ठद्धारा उजुरी

उपकुलपति प्राडा संगिता भण्डारी

काठमाडौँ, १६ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपकुलपति प्राडा संगिता भण्डारीलाई बर्खास्तको माग गर्दै सहकुलपति एवं उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसमक्ष उजुरी हालेका छन् । उनले उजुरीमा बर्खास्त गरी कानून बमोजिम सजाय दिन समेत माग गरेका छन् ।

त्यसो त गत २० असारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानका उपकुलपति भण्डारी, शिक्षाध्यक्ष श्रेष्ठ सहित सबै पदाधिकारीहरुको नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

सो निर्णय गरे लगत्तै श्रेष्ठले पदवाट राजिनामा दिएका थिए । यद्धपी राजिनामा अझै स्वीकृत नभएको उनको दावी छ ।

सहकुलपति यादवलाई लेखेको उजुरीमा डा श्रेष्ठले उपकुलपति भण्डारी समक्ष शिक्षक तथा कर्मचार सेवा नियमावली सिनेटबाट पास नहुँदै कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाएको, स्वास्थ्य मन्त्रालयको स्वीकृति पत्र नलिइ अस्पताल हस्तान्तरणको लागि दवाव दिएको,अस्पतालको भौतिक पूर्वाधारहरु तयारी विना नै महंगा महंगा मेडिकल उपकरणहरु खरिदका लागि बोलपत्र आवहान गरेको उल्लेख छ । 

यस्तै जग्गाको स्वामित्व हन्तान्तरण हुने प्रक्रिया नै सुरु नहुँदै भवन निर्माणार्थ डीपीआरको लागि कन्सलटेन्टी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुरयाएको, डीपीआरका लागि स्पेसिफिकेसन तयार पार्न नियुक्ति गरेका कन्सलटेन्टलाई नै डीपीआर टेन्डरका लागि समावेश गराई प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् ।

शेरवहादुर देउवा नेतृत्वको सरकारका पालमा गत २६ मंसिरमा उपकुलपति नियुक्त भएकी भण्डारीले यसअघि विवादास्पद काम अघि बढाएपछि स्वास्थ्य मन्त्रालयको टोली गई प्रक्रिया रोकेको थियो ।

शिक्षाध्यक्ष डा श्रेष्ठले सोही प्रकारको उजुरी प्रधानमन्त्री एवं प्रतिष्ठानका सहकुलपति केप ीओली समक्ष समेत दिएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *