सहायक डीन मन्दिरा वन्तलाई दिइयो शिक्षण अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी
काठमाडौँ, ९ साउन । त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्रा. मन्दिरा वन्तले पाएकी छन् । उनी चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को सहायक डीन समेत हुन् ।
घरायसी कारण देखाई अस्पतालका कार्यकारी निर्देशक डा दीपक महराले गत शुक्रबार पदबाट राजिनामा दिएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयले सहायक डीन वन्तलाई तत्कालका लागि अस्पतालको समेत जिम्मेवारी सम्हाल्न भन्दै चिठी थमाएको छ ।
त्यसअघि डीन प्राडा जगदीश अग्रवालले अरु सिनियर डाक्टरलाई अस्पतालको निमित्त प्रमुख भएर काम गर्न आग्रह गरेका थिए । तर उनको आग्रहलाई नमानेपछि सहायक डीनलाई अगाडी सारिएको हो । उनी नर्सिङ फ्याकल्टीबाट सहायक डीन बनेकी हुन् ।
यता अस्पतालमा डा गोविन्द केसीको अनशन लम्बिरहेको र निमित्तको जिम्मेवारी लिइ अस्तव्यस्त भइसकेको अस्पतालमा किन झन्झट लिनु ? भन्दै डीनको आग्रह अस्विकार गरेको बुझिएको छ ।

सर्च कमिटिले अझै छनौट गरेन नाम
त्रिविले चार बर्षे कार्यकाल सकिएका डा दीपक महाराको स्थानमा अर्को निर्देशक छनौट गरी नाम सिफारिस गर्न डीन प्राडा अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि बनाएको डेढ महिना भयो । तर, अहिलेसम्म सो कमिटिले नाम सिफारिस गर्न सकेको छैन । नाम सिफारिस हुन नसक्दा त्रिवि शिक्षण अस्पताल यतिवेला नेतृत्व विहीन छ ।
सर्च कमिटिका अन्य सदस्यहरुमा प्राडा जीवन शेरचन र प्राडा रमेश भण्डारी सदस्य छन् ।
आइओएम अन्तरगर्तका सबै निकायका पदाधिकारीको नियुक्तीमा डा केसीको प्रत्यक्ष सरोकार रहने र उस्तै परे अनशनमै बसिदिने भएका कारण नयाँ निर्देशक छनौटमा समेत ढिलाई भएको बुझिएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




न त डीन ज्युले मलाई निमित्त निर्देशकको लागी propose गर्नु भएको छ, न त मैले ईन्कार नै गरेको छु। मलाई पुर्णकालिन कार्यकारी निर्देशकको जिम्मा दियपनि म त्यो लिन तयार छैन। त्रि. बि. शिक्षण अस्पतालमा म भन्दा पनि बढी योग्य र दक्ष्य प्राध्यापकहरू छन, जसले मैले भन्दा पनि राम्रो तरिकाले संस्थालाई बढी राम्रो तरिकाले अगाडी लैजान सक्छन। त्यसो हुँदा यस्मा छापियको समाचार सरासर गलत हो।