डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइदै, दुई घण्टा पछि काठमाडौँ भेड्किने

536
Shares

काठमाडौँ, ३ साउन । जुम्लामा २० दिन देखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइदै छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक टोली र स्थानीय प्रशासनले डा. केसीलाई अनशनस्थलबाट डा केसीलाई हेलिकप्टर भएको स्थान नेपाली सेनाको व्यारेक तर्फ लगेको छ ।

‘उहाँहरु आउँदै हुनुहुन्छ । अबको केही बेरमा हामी काठमाडौँका लागि उड्ने छौँ ,’ डा. केसीलाई लिन गएका सरकारी टोलीका सदस्य डा गुणराज लोहनीले बताए ।

त्यसअघि डा. केसीलाई प्रतिष्ठानका चिकित्सक विद्यार्थी तथा स्थानीयले माला लगाइदिएर काठमाडौँको लागि विदा गरेका थिए । उनीहरुले डा. केसीको माग र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

डा. लोहनीले जुम्लाबाट काठमाडौँसम्मको हेलिकप्टर यात्रा करीब दुईघण्टाको हुने बताए । उनले डा केसीलाई पहिले तय गरिएको त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार गरिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *