इलामका चार स्वास्थ्यचौकी पुरस्कृत

88
Shares

इलाम, १९ जेठ । सन् २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्य चौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् ।तिनलाई रु २० हजारका दरले पुरस्कार र सम्मानपत्र दिइयो ।

सन् २०१७ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा फाउण्डेशनका कार्यक्रम व्यवस्थापक अजित योञ्जन, उपनिर्देशक योगेन्द्र गिरी र जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाईंले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

सन् २०१५ देखि हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गरेर अपांगता रोकथाम तथा पुनःस्थापना र सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताए ।

यसअघि सन् २०१६ मा उत्कृष्ट कार्य गर्ने आमचोक, चमैता, इरौँटार र जमुना स्वास्थ्यचौकीलाई समेत पुरस्कृत गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *