स्वास्थ्य मन्त्रालयमा मन्त्री यादवको यसरी स्वागत गरिन राज्यमन्त्री अर्यालले

काठमाडौँ, १९ जेठ । राज्यमन्त्रीको रुपमा ७८ दिनसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेकी पद्मा अर्यालले शुक्रबार बेलुका मन्त्रालयमा उपप्रधान तथा स्वास्थ्य मन्त्रीे रुपमा उपेन्द्र यादवलाई स्वागत गरिन । मन्त्री यादवको स्वागतका लागि मन्त्रालयको मुख्य गेटमा पर्खिरहेकी राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा यहाँलाई स्वागत छ भन्दै पुष्प गुच्छा दिएकी थिइन ।

मन्त्री यादवले त्यसअघि मन्त्रालयको बाहिरी गेटबाट लामबद्ध भएर स्वगत गरेका मन्त्रालयका कर्मचारी, पार्टी कार्यकर्ता र सुभेच्छुकले प्रदान गरेको पुष्पगुच्छा, बुके तथ खादा लगाएर मन्त्रालय प्रवेश गरेका थिए । सो कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले संयोजन गरेकी थिइन ।

मुल गेटमा पुगेपछि सचिव डा चौधरीले नै मन्त्री यादवलाई ‘उहाँ राज्यमन्त्री ज्यू’ भन्दै चिनाएकी थिइन ।

त्यसपछि मन्त्री यादव सिधै कार्यकक्षमा गई पदवहाली गरे । उनले त्यहाँ सञ्चारकर्मीलाई सम्छिप्त प्रतिक्रिया दिदै मन्त्रालयको हलमा गएर छोटो सम्वोधन गरे । सम्वोधनमा उनले आफू गुणस्तरीय स्वास्थ्य सेवा कसरी उपलव्ध गराउन सकिन्छ भन्ने दिशामा ध्यान केन्द्रीत रहेको बताए ।

तर पदवहाली र हलमा भएको कार्यक्रममा राज्यमन्त्री सहभागी भइनन् ।

फोरमले सरकारमा जाने निर्णय गरेसंगै स्वास्थ्यमा नयाँ मन्त्री आउने हल्ला थियो । शुक्रबार विहानसम्म यो हल्ला निकै बढी सकेको थियो ।

राज्यमन्त्री अर्याल दिउसो १ बजे होटल हिमालय कुपन्डोलमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेकी थिइन । दिउसो करीब सवा १ बजे देखि स्वास्थ्य मन्त्री उपेन्द्र यादव बनेको चर्चा चल्यो ।

मञ्चमा प्रमुख अतिथि बनेकी मन्त्रीलाई यो समाचारले निक्कै छटपटि बनाएको पष्ट देखिन्थ्यो । यद्धपी उनले सो छटपटी लुकाउने प्रयास गरिरहेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *