दुई अस्पतालको नेतृत्व परिवर्तन : भरतपुर अस्पतालमा डा. खड्का, भेरीमा डा. थापा

काठमाडौँ, १६ जेठ । सरकारले भरतपुर अस्पताल र भेरी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन (मेसु)परिवर्तन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालमा डा रविन खड्कालाई मेसुको जिम्मेबारी दिएको छ । यस्तै भेरी अञ्चल अस्पतालको जिम्मेबारी डा प्रकाश थापाले पाएका छन् ।

रेडियोलोजिष्ट खड्का यसअघि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत थिए । यस्तै थापा भने भेरी अञ्चल अस्पतालमै अर्थोपेडिक्स सर्जनको रुपमा कार्यरत थिए ।

मन्त्रालयले दुबै अस्पतालका यसअघि कार्यरत मेसुहरुलाई आफूहरुको साविक दरबन्दीमा रहेर काम गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *