दुई अस्पतालको नेतृत्व परिवर्तन : भरतपुर अस्पतालमा डा. खड्का, भेरीमा डा. थापा
काठमाडौँ, १६ जेठ । सरकारले भरतपुर अस्पताल र भेरी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन (मेसु)परिवर्तन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालमा डा रविन खड्कालाई मेसुको जिम्मेबारी दिएको छ । यस्तै भेरी अञ्चल अस्पतालको जिम्मेबारी डा प्रकाश थापाले पाएका छन् ।
रेडियोलोजिष्ट खड्का यसअघि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत थिए । यस्तै थापा भने भेरी अञ्चल अस्पतालमै अर्थोपेडिक्स सर्जनको रुपमा कार्यरत थिए ।
मन्त्रालयले दुबै अस्पतालका यसअघि कार्यरत मेसुहरुलाई आफूहरुको साविक दरबन्दीमा रहेर काम गर्न भनेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



