स्वास्थ्य सेवामा लगाइएको ५ प्रतिशत कर हट्यो, निजी अस्पतालले लगाउने भ्याट पनि खारेज

368
Shares

काठमाडौँ, १५ जेठ ।सरकारले स्वास्थ्य सेवामा लगाउँदै आएको ५ प्रतिशत सेवा कर हटाएको. छ । यस्तै निजी अस्पतालले स्वास्थ्य सेवामा लगाउँदै आएको मूल्य अभिबृद्धि कर (भ्याट) समेत खारेज गरेको छ ।

अर्थमन्त्री डा यृवराज खतिवडाले आर्थिक बर्ष २०७५ ०७६ को बजेट प्रस्तुत गर्ने क्रममा सो कर खारेज गरेको घोषणा गरेका हुन् ।
विरामीसंग सेवा कर उठाउने व्यवस्था तत्कालिन अर्थ मन्त्री बाबुराम भट्टराईको पालामा भएको थियो ।

स्वास्थ्य उपचारबापत कर तिर्नु पर्दा सेवा महंगो हुँदै आएको थियो । स्वास्थ्यमा लाग्दै आएको कर हटाउन सरोकारवालाले यसअघि पनि राज्यको ध्यानाकर्षण गराउँदै आएका थिए । ं

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *