जिल्ला स्वास्थ्य/जन स्वास्थ्य कार्यालय आगामी असारसम्म यथावत

464
Shares

काठमाडौँ, २२ बैशाख । सरकारले जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय तथा जिल्ला अस्पतालहरु आगामी असार मसान्त सम्म पूर्ववत रुपमै सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनीले बिहीबार ७७ वटै जिल्लालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन् ।

पत्रमा गत चैत २७ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार जिल्ला स्वास्थ्य जनस्वास्थ्यर अस्पतालहरु स्थानीय तहमा हस्तान्तरण भै गएका बाहेक चालु आवमा सञ्चालन रहेका कार्यक्रमहरु असार मसान्तसम्म साविक व्यवस्था सम्वन्धित कार्यालयबाटै सञ्चालन हुने उल्लेख छ ।
यो पत्रसंगै जिल्ला स्वास्थ्य रहने नरहने भन्ने अन्योल समेत तत्कालका लागि हटेको छ ।

यसअघि संघीयसंरचना अनुसार जिल्लाका संरचनाहरु २८ चैत देखि खारेज हुने बताइएको थियो । स्वास्थ्य सम्वेदनशील विषय भएको र यसमा कतैबाट अवरोध नहोस भन्नका लागि नयाँ निर्णय गरेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *