सार्वजनिक स्थलमा धूमपान गर्नेबाट उठ्यो करीब १५ हजार जरिमाना

काठमाडौँ, १९ बैशाख । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थ प्रयोग गर्नेबाट एक बर्षमा करीब गर्नेहरुबाट करीब १५ हजार रुपैयाँ जरिमाना उठाएको छ । उठेको रकम नेपाल सरकारको दण्ड जरिमाना शीर्षकको राजश्व खातामा जम्मा भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रलाई पत्र लेख्दै गत २५ चैतसम्म उठेको १४ हजार ९ सय रुपैयाँ नेपाल सरकारको दण्ड जरिमाना राजश्व शीर्षकमा जम्मा गरिदिएको उल्लेख गरेका छन् । उसले केन्द्रलाई रकम जम्मा गरेको भौचर समेत पठाएको छ ।

उनले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८, नियमावली, ०६८ तथा निर्देशिका २०७१ अनुसार गठित सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन उप समितिबाट अनुगमन हुँदा सार्वजनिक स्थलमा धूमपान सेवन गरिरहेकाहरुबाट जरिमाना असुलेको स्पष्ट पारेका छन् ।

सूर्ति नियन्त्रण सम्वन्धी ऐनले नियम उल्लंघन गर्ने माथि कारबाही गर्ने अधिकार सहायक प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोही अनुसार अवस्थीले अनुगमन र कारबाही गरेका हुन् ।

उनले होट, यातायात, बसपार्क आदि ठाँउमा सूर्तिजन्य पदार्थ बेचविखन सेवन गर्ने गराउने व्यक्तिहरुलाई जानकारी र सचेत गराउन ऐनको दफा १७ बमोजिम कारबाही समेत गर्ने गरी स्थानीय बजार केन्द्रीत सार्वजनिक स्थलमा प्रहरी परिचालन गरेको उल्लेख गरेका छन् ।

ऐनमा सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । यद्धपी त्यसको कार्यान्वयन भएको छैन । तर सूदुरपश्चिमको जिल्ला डडेल्धुराले यसमा अगुवाई गरेको पाइएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डा राधिका थपलियाले कानूनले कारबाही गर्ने अधिकार जिल्ला प्रशासन र स्थानीय तहमा गाँउ पालिका कार्यकारी अधिकृतलाई दिएपनि त्यसको प्रभावकारी कार्यान्वनय नभएको अवस्थामा डडेल्धुराले सुखद समाचार आएको बताइन  । उनी भन्छिन्, ‘डडेल्धुराले कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा उत्रिएको पाइयो । यस्तै सक्रियता अरु जिल्ला तथा क्षेत्रले पनि देखाउन जरुरी छ ।’

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *