नेपालगञ्जको मेडिकलमा आगलागी

92
Shares

बाँके, १६ वैशाख । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ ।

विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *