वृद्धवृद्धा स्वास्थ्योपचारका लागि ८४ वर्षीय वृद्धद्वारा अक्षयकोष स्थापना

स्याङ्जा, १२ वैशाख । यहाँका एक ८४ वर्षीय वृद्धले शिव पार्वती वृद्धाश्रममा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–६, मिर्दी निवासी जयबल्लभ तिवारीले वृद्धवृद्धाको स्वास्थ्योपचार लगायतका क्षेत्रमा प्रयोग गर्ने गरी अक्षयकोष स्थापना गरेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका अध्यक्ष कविता गैह्रेले बताइन्।

“आफू पनि वृद्ध भएकाले वृद्धवृद्धाको समस्या मैले बुझेको छु” अक्षयकोष दाता तिवारीले भए, “विशेष गरी वृद्धवृद्धाको स्वास्थ्योपचारका क्षेत्रमा प्रयोग गर्ने योजना भए पनि अक्षयकोषको नाम र रकम प्रयोगका लागि फेरि निर्णय गर्नेछु ।”

स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम, राम्दीमा हाल ७३ जना वृद्धवृद्धा आश्रय लिएर बस्दै आएका छन् । यसैबीच, मंगलबार तिवारीले आफ्नो चौरासी पूजाको अवसर पारेर वृद्धवृद्धालाई भोजन, दान दक्षिणा तथा लत्ताकपडा वितरण गरेका हुन् ।

त्यस्तै, मंगलबार नै वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाको भोजनका लागि वालिङ नगरपालिका–८, वालिङ बस्ने दानवीर बालप्रसाद श्रेष्ठले रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *