मिर्गौला प्रत्यारोपण गर्न रु ५० हजार सहयोग

28
Shares

भक्तपुर, २५ चैत । दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग हस्तान्तरण गरेका छन् ।

प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मिर्गौला प्रत्यारोपणका लागि पठाएको उक्त सहयोग रकम लामिछानेले श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

अर्थाभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि मञ्चका इजरायल सहकोषाध्यक्ष मीना चुँडालको पहलमा रकम सहयोग संकलन गरी पठाइएको मञ्चका इजरायल अध्यक्ष तीर्थ गौतमले जानकारी दिए ।

तीन महिनाअघि दुवै मिर्गौला काम नलाग्ने भई राष्ट्रिय धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस गराइराखिएको मिर्गौला पीडित श्रेष्ठले जानकारी दिए । उनले आफ्नी आमाले मिर्गौला प्रत्यारोपण गर्न तयार भए पनि अर्थाभावका कारण प्रत्यारोपण गर्न नसकिएकाले थप रकम आवश्यक रहेको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *