सूर्ति सेवन त्यागेर खाता खोल्न जानेलाई धेरै ब्याज दिइने बैंकको घोषणा

काठमाडौँ, १४ चैत । टुरिजम विकास बैङ्कले सूर्तिजन्य पदार्थ सेवन गरिरहेका व्यक्तिहरुले सूर्तिजन्य पदार्थ त्यागेर बैङ्कमा बचत खाता खोलेमा अरुलाई दिइरहेको ब्याजभन्दा एक प्रतिशत बढी ब्याज दिने घोषणा गरेको छ ।

बुधबार क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रममा टुरिजम डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी निर्देशक महेश ढकालले सूर्तिजन्य पदार्थ त्याग्ने व्यक्तिलाई अन्य बचतखातामा व्याज दिइरहेको भन्दा एक प्रतिशत बढी व्याज दिने घोषणा गरे ।

टुरिजम डेभलपमेन्ट बैङ्कमा अन्य बचत खातावालाहरुले वार्षिक सात प्रतिशत ब्याज पाउने गरेकोमा सूर्तिजन्य पदार्थ त्यागेर जाने व्यक्तिले वार्षिक आठ प्रतिशतसम्म ब्याज पाउनेछन् ।

प्रमुख कार्यकारी ढकालले सूर्तिसेवनबाट मानिसलाई क्यान्सर लगायतका घातक रोगहरु लाग्ने भन्दै यसलाई निरुत्साहित गर्न पनि बैङ्कले बचतखातामा बढी ब्याज दिन लागेको जानकारी दिए । सरकारले सूर्तिजन्य पदार्थलाई नियन्त्रण गर्न उद्योग खोल्न नदिने, सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने भन्दै उहाँले सूर्तिजन्य पदार्थलाई प्रमोशन गर्ने निकायलाई बैङ्कहरुले ऋण दिन सोच्नुपर्ने बताए ।

ढकालले सामाजिक उत्तरदायीत्व अन्र्तगत टुरिजम डेभलपमेन्ट बैङ्कले सूर्तिजन्य पदार्थ नियन्त्रणको लागि जागरुक अभियान थाल्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *