क्यान्सर परीक्षणमा ठूलो उपलब्धि : वैज्ञानिक

64
Shares

बीबीसी अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षणका लागि आफूहरूले एउटा ठूलो उपलब्धि हासिल गरेको बताएका छन्। एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा उनीहरूले आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए।

क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अन्य भागमा फैलिनु अघि आठ किसिमका ट्युमरहरू पत्ता लगाउन सक्ने दह्रो आधार दिएको छ।

यो अनुसन्धानबाट फैलिनु अघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

आंकलन
क्यान्सर सिक’ भनिने उक्त परीक्षणलाई व्यापक रूपमा पहुँचमा पुर्याउनु अघि थप अध्ययनहरू आवश्यक रहेको साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको छ। उक्त परीक्षण गर्न प्रति व्यक्ति करिब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ।

१ हजार पाँच जना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लागेको थियो।

लक्षण
यो परिक्षणको अन्तिम उद्देश्य भनेको मानिसहरूमा रोगको लक्षण देखिनु अगावै क्यान्सर लाग्ने नलाग्ने पत्ता लगाउनु रहेको वैज्ञानिकहरूले जनाएका छन्।

उक्त अनुसन्धानमा संलग्न नरहेका विज्ञहरूले भने अनुसन्धानको सत्यता बाहिर आउनुअघि थप अनुसन्धानहरू गर्न आवश्यक रहेको बताएका छन्।

क्यान्सर पत्ता लगाउन गरिने रक्त परीक्षण सम्बन्धी थुप्रै किसिमका अन्य अनुसन्धान पनि जारी रहेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *