बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर ब्राउन सुगर सहित पक्राउ

816
Shares

धरान, ९ पुस । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टलबाट एक चिकित्सक सहित तीन जना व्यक्ति ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ सिनामंगल घर भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्न गर्दै गरेका डा.  क्षितिज श्रेष्ठ, धरान १० घर भएका प्रतिष्ठानकै ४ नम्बर मेस सञ्चालक दिनेश श्रेष्ठ र धरान १२ का उज्वल हलुवाईलाई रहेका छन् ।

प्रहरीले शनिबार  तीनै जनालाई डा.  श्रेष्ठको कोठाबाट दुई पोका ब्राउन सुगरसहित पक्राउ गरेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले होस्टलको सुरक्षा गार्डको सहयोगमा लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको बताए । 

‘खासमा होस्टलमा बाहिरको मान्छे जान पाउँदैन, त्यहाँ दुई जना बाहिरको व्यक्ति गएको थाह पाएपछि होस्टलको सेकुरिटी गार्डले खोज्न जाँदा डा श्रेष्ठको कोठामा सेवनका लागि तयार पारिदै गरिएको ब्राउन सुगर सहित भेटिएको हो । उनीहरु अहिले हाम्रो नियन्त्रणमा छन् । अनुसन्धानका लागि आज म्याद थप गर्न लग्दैछौँ ,’ डीएसपी पौडेलले भने ।

उनले प्रारम्भिक अनुसन्धानका क्रममा डा.  श्रेष्ठ सेवनकर्ता भएको र  हलुवाई कारोबारी भएको हुनसक्ने पाइएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *