प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

1.1k
Shares

काठमाडौँ, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड ) पुत्र प्रकाश दाहालको निधन भएको छ ।

विहान ५ बजेतिर अचेत अवस्थामा थापाथलीस्थित नर्भिक हस्पिटलमा पुरयाइए पनि उनको उपचार गर्न नपाइएको अस्पताल स्रोतले जनाएको छ ।

‘विहान यहाँ ल्याइपुरयाउनुभयो तर हामीले क्याथ ल्यावमा लान समेत पाएनौँ । अहिले पनि बडी इमरजेन्सी वार्डमै छ’  नर्भिकका एक चिकित्सकले बताए ।

यता पूर्व सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार समेत रहेका पत्रकार बबिन शर्माले लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा भेटिएका प्रकाशलाई अस्पताल पुरयाइसक्दा नै चिकित्सकले मृत घोषणा गरेको बताए ।

चुनावी कार्यक्रमका लागि झापा पुगेका प्रचण्ड अहिले विहान हेलिकप्टमा काठमाडौँ फर्कदैछन् ।

अस्पतालमा अहिले माओवादी केन्द्रका पार्टी नेता कार्यकर्ता तथा सर्वसाधारणको भिड छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *