‘क्षतिपूर्ति तिराउने’ विधेयक बनाउने भनिएको होइन रहेछ : स्वास्थ्य मन्त्री

548
Shares

काठमाडौँ, ५ असोज । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा भएको निर्णय चिकित्सकलाई क्षतिपूर्ति तिराउने भन्ने खालको नभएको बताएका छन् ।

आफूले मन्त्रिपरिषद्को बैठकको निर्णयको पूर्णपाठमा चिकित्सकलाई क्षतिपूर्ति तिराउने भन्दा पनि विवादित घटनाका विषयमा छानवीन चुस्त बनाउन निर्देशन दिएको बताए । साथै निर्णयमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको बीमा गराउन जोड दिइएको बताए ।

‘खास गरी म नभएको बेलामा यो निर्णय भएको थियो । समाचारहरु हेर्दा म पनि अचम्म परेको थिएँ । तर हिजो मुख्य सचिवमार्फत निर्णय मगाएँ । त्यसमा बाहिर आए जस्तो कुरा छैन् । अस्पतालमा लापरबाहीका आरोप आइरहेकोले यसलाई न्युनिकरण गराउन, छानवीनलाई चुस्त पार्न उपयुक्त निर्णय लिन भनिएको छ । चिकित्सकलाई तिराउने भन्ने कुरा होइन,’ नेपाली हेल्थसंग मन्त्री पोखरेलले भने ।

उनले लापरबाही पूर्ण उपचार भएको पाइए कारबाही गर्न २०६६ सालमै नियम बनिसकेको भन्दै नयाँ नियम आवश्यक नभएको बताए । मन्त्री पोखरेलले चिकित्सकहरुले गरेको आन्दोलनको घोषणा फिर्ता लिई नियमित कार्यमा फर्कन आग्रह गरे ।

त्यसका लागि आफूले स्वास्थ्य सचिव र चिकित्सकबीच बार्ता तथा छलफल गर्न आग्रह गरेको भन्दै आवश्यक परेको खण्डमा आफू समेत उपस्थित भई छलफलमा सहभागी हुने बताए । मन्त्रालयले आज पनि चिकित्सक संग छलफल हुँदैछ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *