डा. केसीलाई भेटन टिचिङ पुगे पूर्व राष्ट्रपति यादव

काठमाडौँ, ३१ साउन । डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्व राष्ट्रपति डा रामबरण यादव त्रिवि शिक्षण अस्पताल पुगेका छन् । केही बेर अघि अनसनस्थल पुगेका डा यादवले डा केसीको अनसन र स्वास्थ्य अवस्थाको बारेमा बुझेका थिए ।
डा केसीलाई भेटेपछि बोल्दै पूर्वराष्ट्रपति यादवले केसीले चिकित्सा शिक्षा सुधारका लागि थालेको अभियानमा आफ्नो समर्थन रहेको जनाएका थिए । उनले सरकारले डा केसीको माग छिटो भन्दा छिटो पुरा गर्नुपर्ने भन्दै आफ्नो तर्फबाट समेत त्यस कार्यमा सहयोग गर्ने बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



