चिकित्सा शिक्षा विधेयक कार्यदलबाट पास, हुवहु आए उपत्यकामै थपिन्छन पाँच मेडिकल कलेज

0
Shares


काठमाडौँ, २६ साउन ।  व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।  कार्यदलले पास गरेको विधेयकलाई केही बेरमा बस्ने समितिको पूर्ण बैठकमा पेस हुनेछ ।

कार्यदलले सरकारले तयार तयार गरेको विधेयकका केही बुँदा संसोधन गरेको छ । स्रोतका अनुसार बुँदा नं १३ मा संसोधन गरि आशयपत्र प्राप्त गरी सम्वन्धित निकायले तोकेको पूर्वाधार भएको र निरीक्षण अनुगमन भइसकेकालाई सम्वन्धन दिन सकिने गरी संशोधन गरेको छ ।

यदि यो हुवहु पास भयो भने उपत्यकामा मनमोहन मेडिकल कलेज, प्रहरीको कलेज पिपुल्स कलेज, काठमाडौँ नेशनल कजेज, आश्विन कलेज लगायत थप ५ बटा  र झापाको विएनसी मेडिकल कलेजले  सम्वन्धन पाउनेछ ।

डा गोविन्द केसीले उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नहुने अडानमा छन् । तर यो विधेयक लागू भएपछि उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा १२ मा भने कायमै राखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *