स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा चुडामणी भण्डारी
काठमाडौँ, २४ साउन । स्वास्थ्य सेवा विभागको उमहानिर्देशकको जिम्मेबारी चुडामणी भण्डारीले पाएका छन् ।
सोमबारको मन्त्रीस्तरीय निर्णय मार्फत स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले एघारौँ तहका भण्डारीलाई विभागको उपमहानिर्देशकको जिम्मेबारी दिएका हुन् ।
कुष्टरोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका भण्डारीलाई सो महाशाखाको जिम्मेबारी यथास्थितिमा राख्दै उपमहानिर्देशकको भूमिकामा समेत कार्य गर्ने गरि नियुक्ती गरिएको मन्त्रालयले जनाएको छ ।
विभागका यसअघिका उपमहानिर्देशक डा रमेश विक्रम सिंह घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट केही दिन अघि पक्राउ परेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



