७४४ वटा स्थानीय तहलाई औषधि किन्न पठाइयो ३६ करोड

3.2k
Shares

काठमाडौं, १९ साउन । सरकारले महानगरपालिका, नगरपालिका र गाँउ पालिकाका गरी ७४४ वटा स्थानीय तहलाई औषधि खरीद गर्नका लागि ३६ करोड २७ रकम पठाएको छ । उसले जिल्ला तथा क्षेत्रका लागि भने  ८ करोड ७३ लाख रकम पठाएको छ ।

स्वास्थ्य सेवा विभाग प्राथमिक स्वस्थ्य पुनर्जागरण महाशाखाले यस पटक अर्थ मन्त्रालयबाट ७४४ वटा स्थानीय तह र जिल्ला तथा क्षेत्रका लागि औषधि खरीद गर्न भन्दै सोझैँ ४५ करोड रकम पठाएको जनाएको छ ।

महाशाखाका निर्देशक मोहम्मद दाउदले आफ्नो शाखाको सिफारिसमा अर्थले सोझै रकम पठाएको उल्लेख गरे । उनले औषधि खरिदको कार्यबिधी बनाउने क्रममै रहेको भन्दै त्यस पछी स्थानीय तहले खरिद गर्न सक्ने बताए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा औषधि खरिद्का लागि १ अर्ब ५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *