आमा सुरक्षा कार्यक्रमको रकम दुरुपयोग गरेको भन्दै पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

1.8k
Shares

काठमाडौँ ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको कर्मचारीसंग सेटिङ मिलाई आमा सुरक्षा कार्यक्रमको रकम दुरुपयोग गरेको आरोपमा महोत्तरीस्थित सम्सी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष सहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

मुद्धा दायर हुनेहरुमा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका खाता सञ्चालकद्धय व्यवस्थापना समितिका तत्कालिन अध्यक्ष उतिम प्रसाद यादव, तत्कालिन निमित्त कार्यालय प्रमुख सीअहेव कमल किशोर ठाकुर तथा सीअहेव शिव शंकर यादव छन् । त्यसैगरी अनमीद्धय विन्दु देवी साह र किरणकुमारी ठाकुरको समेत मिलोमतो भएको भन्दै मुद्धा दायर भएको छ ।

उनीहरुले जिल्लाको सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०६८ / ०६९ मा आमा सुरक्षा कार्यक्रम अन्तर्गत निकासा भएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीसंग सेटिङ मिलाई हिनामिना गरेको आरोप छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ द्धारा परिभाषित कसुर गरेको पुष्टी हुन आएको भन्दै उनीहरुलाई जनही विगो रु २ लाख २८ हजार कायम गरि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *