मनमोहन मिर्गौला काण्डको छानवीन गर्न मेडिकल काउन्सिलको छुट्टै समिति

0
Shares

काठमाडौँ, ४ साउन । स्वयम्भूस्थित मनमोहन मेडिकल कलेजको मिर्गौला काण्डको नेपाल मेडिकल काउन्सिलले छानवीन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समिति बनाए लगत्तै काउन्सिलले पनि अर्को समिति बनाई मिर्गौला काण्डको छानवीन सुरु गरेको हो ।

काउन्सिलले छानवीनका लागि डा सतिशकुमार देवको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । जसमा एक जना स्वास्थ्य पत्रकार समेत राखिएको छ ।

समितिका सदस्यहरुमा डा विश्वराज जोशी, डा महेशराज सिग्देल, पारशमणी श्रेष्ठ, सुवास आचार्य, डा ढुण्डीराज पौडेल रहेका छन् । त्यस्तै सन्तोषराज भण्डारी, भीमबहादुर चन्द, गोविन्द बन्दी र डा. ऋषिकेशनारायण श्रेष्ठ रहेका छन् ।

समितिले एक साताभित्र प्रारम्भीक रिपोर्ट दिने गरी काम सुरु गरेको संयोजक देवले बताए । उनले मंगलबार पिडीत पक्षसंग बयान लिएको भन्दै अब अस्पताल पक्षबाट बयान लिने तयारी भएको बताए ।

मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गर्न पुगेका मनमोहन अस्पताल पुगेका नुवाकोट विदुरका ३२ बर्षीय शिबप्रसाद रिजालको मिर्गौला झिकिएपछि यो विषय विवादित भएको थियो ।

पिडीतपक्षले चिकित्सकको लापरबाही भनेका छन् । तर अस्पताल तथा चिकित्सक पक्षले जटिलता आएपछि ज्यान जोगाउने उदेश्यले मिर्गौला झिकिएको बताउँदै आएका छन् ।

यहि विषयमा छानवीन गर्न स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय छानवीन समिति गठन गरेको थियो । सो समितिले पनि छानवीन सुरु गरिसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *