स्वास्थ्यका चार कर्मचारी नवौँ तहमा बढुवा
काठमाडौँ, २८ जेठ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको बढुवा समितिले चार जना कर्मचारीलाई नवौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । शनिबार बसेको समितिको बैठकले हेल्थ इन्स्पेक्सन समूह जनस्वास्थ्य प्रशासक पदमा चार जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगले रिक्त पदमा बढुवा गर्न गत २६ असोजमा सूचना प्रकाशित गरेको थियो । बढुवा हुनेहरुमा धीरजंग शाह, मंगला मानन्धर, ज्ञानबहादुर बस्नेत र शम्भु काफ्ले रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



