स्वास्थ्य मन्त्रालयका ३९ जना चिकित्सक नवौँ तहमा बढुवा (सूची सहित)

23.9k
Shares

काठमाडौँ, २५ जेठ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले ३९ जना चिकित्सकलाई नवौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । समितिको गत मंगलबार र बुधबार (२३ र २४ जेठ) बसेको बैठकले योग्यताक्रममा उत्कृष्ठ उम्मेदवारलाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसो त लोकसेवा आयोगको सूचना अनुसार सबै समूहमा आवश्यक दरखास्त भने परेको छैन । जस्तै कन्सलटेन्ट डर्माटोलोजिष्टमा तीन पदमा दुई जना मात्रै बढुवाका लागि सिफारिस भएका छन् , कन्सलटेन्ट इएनटी सर्जन चार पद मध्ये दुई मात्रै बढुवा भएका छन् ।

कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा माग १० भएपनि २ जना मात्रै सिफारिस भएका छन् । मेडिकल सुपरीटेन्डेट पदमा ८ भएपनि ५जना मात्रै सिफारिस भएको छ । त्यस्तै कन्सलटेन्ट प्याथोलोजिष्ट, नर्सिङ प्रशासक औषधि व्यवस्थापक लगायतका पदमा पनि चाहे जति सिफारिस भएका छैनन् ।

यी हुन् नवौँ तहमा बढुवाका लागि सिफारिस हुने व्यक्तिहरु

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *