एमबीबीएस, बीडीएस नर्सिङ सहित १२५ सीटमा सरकारी छात्रबृत्ति

9.0k
Shares

काठमाडौँ, १५ बैशाख । सामान्य प्रशासन मन्त्रालयले एमबीबीएस, बीडीएस, बीएएमएस तथा नर्सिङ विषय अध्ययन गरेका बहालवाला तथा अवकास प्राप्त निजामती कर्मचारीको छोराछोरीको लागि छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

मन्त्रालयले खुल्ला तथा समावेशी कोटाबाट एमबीबीएसमा ८३ जना, बीडीएएसमा २१ जना, बीएएमएसमा २ जना र नर्सिङ तर्फ १९ जनालाई छात्रबृत्ति वितरण गर्ने जनाएको छ ।

सूचनामा तोकिएको विषयमा अध्ययनरत पहिलो बर्षका विद्यार्थीहरुले अनलाइन आवेदन दिन सक्ने बताइएको छ । त्यसका लागि मापदण्ड समेत तोकिएको छ । यद्धपी छात्रबृत्तिको रकम बारे भने उल्लेख छैन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *